कुमार भास्करलाइ “ओएस नेपाल बेस्ट सर्ट फिल्म २०७६”को एवार्ड

कुमार भास्करको फिल्म पद्ममाले “ओएस बेस्ट सर्ट फिल्म २०७६” को एवार्ड पाएका छन् । गत बुधबार ओएस नेपाल म्यूजिक एवार्डको अवसरमा  विभिन्न ५८ विधामा प्रदान गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा भवनमा सो भव्य समारोहमा संगीत सम्बन्धी विभिन्न ५६ विधासँगै म्यूजिक अवार्डको तेस्रो संस्करणमा यस पटक २ विधामा बेस्ट सर्ट फिल्म, र बेस्ट सर्ट फिल्म डाइरेक्टर समेत राखिएको थियो ।

महिला प्राथमिकता सहितको विषयमा विभिन्न चलचित्र मध्ये आमाको माया, देउकी, असुरक्षित नारी, रातो सारी, पद्मा उत्कृष्ट सर्ट फिल्ममा नोमिनेट भएका थिए । बेस्ट सर्ट फिल्म भएका चलचित्रको कथा तथा निर्माण कुमार भास्करले गरेका छन् भने सो चलचित्रलाइ दिपेन्द्र मल्लमे निर्दशन गरेका छन् ।

उत्कृष्ट छोटो चलचित्र पद्मासँगै राजदिपलामा निर्देशित आमाको माया उत्कृष्ट सर्ट फिल्म डाइरेक्टरमा एवार्ड पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *