“सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” सम्बन्धी १८ नेपाली अधिकारीहरुको भारतमा प्रशिक्षण सुरु

काठमाडाैं ।
नेपाल सरकारका १८ अधिकारीहरुको दोस्रो समूहले कातिक ४ बाट भारतको बेंगलूर स्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN)मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुकोलागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको कुरा भारतीय राजदूताले प्रेस विज्ञ्पतिमा  जनाएकाे छ ।

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । २० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा NACIN भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो भनी भारतीय राजदूतावासले साेमबार प्रकाशित गरेकाे विज्ञपतिमा लेखिएकाे छ । योे एशिया/प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै UNEP, UNODC, SASEC आदिसँग मिलेर काम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *