गायक दुर्गेश थापा पक्राउ, तिहार लक्ष्यित गीत बिवादित भए पछि पक्राउ गरिएको दाबी

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । हरितालिका तिजपछि निक्कै चर्चित बनेका गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो बर्षको तिजमा हामी पनि नाँच्नु पर्छ बिचबिचमा गीतवाट निक्कै चर्चित बनेका थापालाई प्रहरीले मंगलवार पक्राउ गरेको महानगरिय अपराध अनुशन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।
गायक थापाले तिहारको ऐतिहासिकमाथि प्रश्न उठाउने खालको तिहार गित सार्वजनिक गरेका थिए । विवादित ‘तिहार गीत’ लाई लिएर गायक थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
गीत चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ । आलोचनात्मक प्रतिक्रिया आएपछि कमेन्टलाई युट्यूवको कमेन्ट बक्सबाट नै हटाइएको थियो।

संभार:गोरखापत्र अनलाइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *