खादी नेपाल शाेमा प्रवर्द्धनमा मिस नेपालहरूकाे जलवा

काठमाडौं – मंगलबार राजधानीमा आयोजना भएको फेसन सोमा मिस नेपाल २०१७ की रनरअप नीति शाह खादीको पहिरन लाएर लैनचौरस्थित भारतीय दूतावासमा आयोजना भएको खादी–नेपाल नामक फेसन सोको -याम्पमा देखिइएकी थिइन् ।

गान्धी जयन्तीको पूर्व सन्धयामा भारतीय दूतावास र दक्षिण एसिया फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको फेसन सोमा खादीबाट उत्पादन भएका पहिरनहरू लगाएर नेपाल र भारतका मोडल तथा कलाकारहरू -याम्पमा देखिए। मोडलहरूले डिजाइनरहरू मीरा अली मुजफर, सभा नेपाल, तारा भुइया र चारु परासरलगायतले तयार गरेका पहिरन लगाएर -याम्पमा क्याटवाक गरेका थिए।

मिस नेपाल २०१७ की रनरअप नीति शाहसहित मिस नेपाल २०१७ निकिता चान्डक, उरुशा जोशी, साहिदा खान र ओसिन सिटौंला लगायत -याम्पमा देखिएका थिए। कार्यक्रममा बोल्दै भारतीय राजदूत मञ्जिभसिंह पुरीले गाँधी विचारधाराबाट प्रभावित भइ तुलसी मेहर श्रेष्ठले सर्वप्रथम चरखा अभियान सुरू गरेकाे र खादी कपडाबाट निर्मित पाेशाककाे प्रचलन सुरू भएकाे नेपालमा नेपाली हस्तकलाबाट बनेका कपडालाई प्रवर्द्धन गर्न आग्रह गरेका थिए। ‘महात्मा गान्धीले भारतमा खादीबाट बनेको कपडा लगाउने मुभमेन्ट चलाएको स्मरण गर्दै गान्धी जयन्तीको अवसर पारेर राजधानीमा खादी नेपाल फेसन सोको आयोजना हुने गरेको छ। गान्धीको खादी मुभमेन्टबाट प्रेरित भएका नेपाली हस्तकला कपडालाई जर्गेना गर्नुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *