काठमाडाैं । काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री डा. अजय कुमारले २०७६ आश्विन ११ गते काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष श्रीमती शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत श्री पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता रहयाे ।
सन् १९८९मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ । हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् ।
भारत सरकारको ने.रु. ३.८६ करोड अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा लगायत प्रत्येक तलामा छात्र छात्राकालागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ । यस विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।
