काठमाडाैं । पर्सा मिलन केन्द्र काठमाण्डौले एसिड प्रहारबाट गंभिर घाइते भएकी मुस्कान खातूनको दोसीलाई कारवाही ,सरकारले उपचार, शिक्षा, रोजगारी, महिला सुरक्षाको ग्यारेन्टी लगायतका बुंदाहरूमा सरकारलाई दबाब दिनुको साथै मुस्कान खातूनको स्वास्थ्यको लागि शुभकामना कार्यक्रम आज काठमाण्डौ माइतीघर मण्डलामा गरेकाे छ ।
पर्सा मिलन केन्द्रकाे एक्यवद्धता तथा स्वस्फूर्तरूपमा भएकाे उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरूले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालयमा विभिन्न संस्थाहरू मिलेर ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेकाे कुरा पर्सा मिलन केन्द्रका निवर्तमान अध्यक्ष रत्नलक्ष्मि श्रेष्ठले जनाए ।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले दाेषीलाइ कडा कारबाही, मुस्कान खातूनकाे स्वास्थ्यलाभ, पिडितकाे खर्च सरकारले वेहाेर्ने लगायतका नारा लेखिएका पर्चा समेत प्रदर्शन गरेका छन् । पर्सा मिलन केन्द्रकाे एक्यवद्धतामा महिला सुरक्षा दवाव समूह, नेपाल मुस्लिम महिला कल्याण संघ लगायतका संस्थाहरूकाे सहभागीता रहेकाे कुरा केन्द्रका उपाध्यक्ष वैजुनाथ राैनियारले जनाए ।
कार्यक्रममा उपाध्यक्ष गाेविन्द नेपाल, महासचिव ललन प्रसाद साह, सचिव किरण गुप्ता, रेखा गुप्ता, वरूण सिंह रावल, प्रदिप कुशवाहा, अताउल्लाह अंसारी, ममता भुजेल, सविता राजकर्णिकार, हरि श्रेष्ठ लगायतका २०० जनाकाे उपस्थिति रहेकाे जनाइएकाे छ ।









