रुकुममा खोलाले जीप बगाउँदा फसेका चालकको प्रहरी र स्थानीयले गरे उद्धार

भदाैं २७,काठमाडाैं – रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा पर्ने पुमाखोलाले जीप बगाउँदा  खाेलामा फसेकाे चालकको प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरिएका  छन्  ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीपकाे चालक पुमाखोलाले बगाउँदा  जीपमा नै फसेका थिए ।

खोलाले बगाउँदै गरेको जीपबाट चालकको उद्धार भएकाे  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिनुभएकाे छ ।   साे जीपमा फसेकाे  २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो ।

यात्रुहरुलाई छोडेर मुसिकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो ।

पुमाखोलामा पुल नभएकाे कारण  वर्षायाममा यात्रु,चालक  तथा यातायातका साधन जोखिम मोल्न बाध्य भएका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *