भारतको रू. ४.५१ करोड सहयोगमा बन्यो काठमाडौं कोटेश्वर क्याम्पसको भवन

काठमाडाैं । भारत सरकारको अनुदानमा नवनिर्मित भवनकाे एक कार्यक्रम बिच उद्घाटन गरिएकाे छ । भारत सरकारकाे ४.५१ करोड रुपैयाँ अनुदानमा काठमाडौं कोटेश्वरमा कोटेश्वर बहुमुखी क्याम्पसको भवन बनेको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शनिवार विशेष समारोहकाबीच भवनको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष  शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुुमुखी क्याम्पस काठमाडौं जिल्लाको कोटेश्वरमा अवस्थित छ ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

उक्त नवनिर्मित संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूर्णता दिने पूरकको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेकाे भारतीय राजदूतावासका प्रवक्ता अभिषेक दुवेले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *