नगरपालिका केन्द्र विवादमा गम्भिर घाइतेमध्ये एकको मृत्यु

जकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा केन्द्र विवादमा सार्ने क्रममा झडप हुँदा गम्भिर घाइते भएका एकजनाको मृत्यु भएको छ । झडपमा घाइते बघचाैडाका स्थानीय ५५ तपेश्वर मण्डलको मृत्यु भएको हो ।

मेयर रामज्ञान मण्डलले कार्यालय सार्न खोज्दा साउन २१ गते झडप भएको थियो । सोही झडपमा मेयर पक्षधर र प्रहरीको कुटाइबाट मण्डल घाइते हुँदा जनकपुर अंचल अस्पतालमा भर्ना भएका थिए ।

उपचारकै क्रममा बुधबार साँझ ७:३०बजे मण्डलको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालले पुष्टि गरेको छ । मृत्यु पश्चात् हंसपुर बडा नं. २ बघचाैडाबाट आएका स्थानीयहरूले जनकपुर अञ्चल अस्पताल मूल गेटमा राति नै प्रदर्शन गरेका छन् ।

उनीहरू कुटपिटमा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतक मंडलको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । राति देखी नै अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

घटना घटेको झन्डै तीन हप्तापछि गम्भीर चोट लागेको मंडलको मृत्युको आधिकारिक कारण भने खोलेको छैन ।

मृतक परिवारजनका अनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था न गरुन्जेल लास नबुझ्ने बताएका छन् ।

स्थानिय धर्मेन्द्र सहनीका अनुसार अाज १२ बजे जनकपुरमा बिराेध रैली जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *