२ सय ९१ गाईमध्ये २३ गाई मृत र अरू गाई घाइते अवस्थामा फेला

भदाैं १३,काठमाडौँ – नेपालगञ्जबाट दैलेख पठाइएकाे  २ सय ९१ गाई सुर्खेतको कटकुवास्थित जंगलमा  भीरबाट खसालेको अवस्थामा फेला परेका छन् । दैलेख  लैजाने क्रममा बिहीबार राति बीच बाटोमै ट्रकबाट गाईहरूलाइ खसालिएको प्रहरीले जनाएको छ।

बाछीसहित २२ गाई मरेका छन् भने अरू घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिकाकाको जंगलभित्रको सडक छेउ रहेको भीरमा गाई फेला परेको प्रहरीले जनाएको छ ।

पशु चिकित्सकले गाई कसरी मरेका हुन् भन्नेबारे अनुसन्धान सुरु भएकाे जनाएका छन्। चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने चिकित्सककाे  भनाइ छ।

गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने चाहिँ अहिलेेसम्म  खुलेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *