सुर्खेत बस दुर्घटनामा तिन जनाकाे मृत्यु

भदाैं ११,काठमाडाैं – बुधबार बिहान सुर्खेतमा भएको बस दुर्घटनामा तीन जनाकाे  ज्यान  गएकाे छ भने  अन्य २७ जना घाइते भएका छन्  । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाएकाे  तीन जनामध्ये एक जनाको परिचय खुलेको छ ।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ मा दुर्घटनामा परेको हाे । दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय लक्ष्मी बस्नेतको मात्र परिचय खुलेको छ  ।

सुरुमा ३० जना भने पनि बसमा ३२ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । चालक, सह–चालक समान्य घाइते भएको र उनीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

बसका चालक सल्यान बनगाढ कुपिण्डे नगरपालिका–११ का खिमबहादुर विकको स्थानीय मेडिकलमा उपचारपछि नियन्त्रणमा लिइएको हाे । यस्तै, प्रहरीले नाम नखुलेको एक बच्चा सकुशल उद्धार गरेर आफ्नो साथमा राखेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *