सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर एकको मृत्यु

९ भदौ, काठमाडौं-  सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना भने गम्भिर घाइते भएका छन् ।

ओरालोमा बाटो काट्दै गरेको मानिसलाई लाग्ला भनि बाईक  बिस्तारै चलाइ राखेकाे बेलामा पछाडिबाट एक्कासि टिपफरले बाइकलाइ हानेकाे थियाे । साेही क्रममा अरू दुइवटा माेटरसाइक पनि ठाेकिन पुगकाे थियाे ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको छ  ।

तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ नम्बरको शंकास्पद टिपरलाई नियन्त्रणमा लिइसकेको पन्तले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, तीब्र गतिमा रहेको टिप्परले बा ८५ प ५६९, बा ३८प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु र घाइते हुनेको नाम र ठेगाना  खुलेको छैन । घाइतेको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको मेट्रो ट्राफिक एफएमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *