विपन्न विद्यार्थीहरुकोलागी पूर्ण निःशुल्क उच्च शिक्षा (बस्ने खाने सुविधा सहित) सम्बन्धी अभियान घाेषणा

काठमाडौं । आइतबार सक्षम फाउण्डेशन नेपालले सक्षम शिक्षालय अभियान (आवासीय भवन निर्माण) घोषणा गरेको छ । फाउण्डेशनले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको उक्त कार्यक्रममा आर्थिक रुपले विपन्न विद्यार्थीहरुकोलागी उच्च शिक्षा पूर्ण रुपले (बस्ने खाने सुविधा सहित) निःशुल्क गराउने उद्देश्यले सो अभियान थालनी गरिएको फाउण्डेशनका अध्यक्ष डा. सिके. सिंहले जानकारी गराए ।

उक्त अभियानबारे बारे कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष कुमार भास्करले विस्तृत जानकारी गराए । उनले भने “दश कक्षासम्म सरकारले गरिव तथा जेहेन्दार विद्यार्थीहरुकोलागी विभिन्न छात्रवृति निशुल्क शिक्षा लगायतका कार्यहरु गर्दै आएपनि, कक्षा दशभन्दा माथीका विद्यार्थीहरु आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित हुनुपर्ने गरेको र सो अभावका कारण त्यस्ता तेजस्वी विद्यार्थीहरुको भविष्य अन्धकारमय भइ अल्प शिक्षित भइ वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यात्मक परिस्थिति सृजना हुनेगरेको देखिएको छ । सो अन्धकारमय परिस्थतीबाट ज्ञानरुपी प्रकाश फैलाइ आर्थिक विपन्नता भएको विद्यार्थीलाई निःशुल्क खाने बस्ने सहितको उच्च शिक्षा दिलाउने कार्यको थालनी गरिएको हो हामी आफै कुनै कार्य प्रति जागरुक भइलागेमा हाम्रो सानो संकलनले एक विशेष समूहलाई ज्ञानरुपी प्रकाश दिन सकिन्छ । यस अभियानमा सबैले सहयोग गरे प्रत्येक प्रदेश यस्ता शिक्षालय निर्माण गरि वर्षेणी हजारौं विद्यार्थीहरुलाई निशुल्क उच्च शिक्षा दिलाउन सकिन्छ ।” उहाले यस शिक्षालय भवन निर्माणकालागि प्राविधिक तयारी पूरा भइसकेको जानकारी गराए ।

फाउन्डेशनले स्थापनाकालदेखी नै समाजसेवामा तत्परतापूर्वक कार्य गर्दै आएको अहिले आएर उच्च शिक्षाामा सर्वसुलभ पहुँच बनाउने उद्देश्यले भवन निर्माण गर्न लागेकोले सहयोगी हातहरुको अपेक्षा गरेको फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापती डा। सिके। सिंहले जानकारी गराए । उनले उक्त फाउण्डेशनले पिछडिएका बालबालिकाहरुकोलागी सधै काम गर्दै आएको र अब यस शिक्षालय अभियान अन्तर्गत भवन निर्माण गर्ने लक्ष्य रहेको कुरा समेत जानकारी गराए । उहाँका अनुसार सक्षम शिक्षालय अन्तगर्त बस्ने, खाने, स्टेशनरी लगायतका सम्पूर्ण खर्च सो अवधिभरी शिक्षालयले नै वेहोर्ने बताए । आर्थिक अभावको कारणले शिक्षाबाट कोइ बंचित हुन न पाओस् भन्ने उद्देश्यले सो छात्रबास ९सक्षम शिक्षालय० को निर्माण गर्ने निर्णय लिइ यो अभियान थालनी गरिएको कुरा बताए । सँगै वहाले सहयोग गर्न चाहने र इच्छुक भएका ब्यक्तिहरुलाई सहयोग गरेर उक्त अभियानलाई सहयोग गर्नकोलागी आह्वान समेत गरे ।

उक्त अभियान घोषणा कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य रामप्रित पासमान, प्रदेश नं। २का सांसद मनिष सुमन, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, विपि कोइराला भारत–नेपाल फाउण्डेशनका कार्यक्रम निर्देशक गोविन्द साह, पिछड़ा वर्ग महासंघका अध्यक्ष कौशल किशोर सिंह, महिला अधिकारकर्मी सरिता साह, फाउण्डेशनका सल्लाहकार सुभाष विराजीलगायतले अभियानबारे आफना धारणा व्यक्त गर्नुका साथै सबैले आफ्नो तवरले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

कार्यक्रममा महिला उपाध्यक्ष दोर्जे डोल्मा गुरुङ्गले स्वागत मनतव्य राखे भने फाउण्डेशनका सचिव नविन साहले वार्षिक कार्यप्रगति विवरण प्रस्तुती गरे । कार्यक्रममा विभिन्न क्षेत्रका फाउण्डेशनको तर्फवाट विभिन्न क्षेत्रका मान्य, उत्कृष्ट व्यक्तित्व, पेशाकर्मी, अधिकारकर्मी, प्राध्यापक, स्वास्थयकर्मी संचारकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *