पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रकाउ परेका कार्यक्रम प्रस्ताेता रबि लामिछानेकी श्रीमति निकिता पौडेलले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जन आस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिन महानगर प्रहरी बृत टेकु पुगेकी छन्र ।
उनले प्रहरी अनुसन्धानमा रहेको शालिकरामले मृत्यु अघि रेर्कड गरिएको आशंका रहेका भिडियोमा छेडखानी गरि सार्वजानिक गरेको आरोप लगाएकिछन।
रबि पत्नी निकिता अधिवक्ता राजेन्द्र सेढाइँसहित महानगरी प्रहरी परिसर टेकुमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दिन पुगेकी हुन। यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी यो समाचार लेखुनजेल दर्ता हुन सकेको छैन ।
प्रारम्भिक चरणको अनुसन्धान हुँदै गरेको मुद्दामा प्रहरी प्रशासन माथि दवाव बनाउने उद्धेश्यले छानबिनमा संलग्न प्रहरी बिरुद्ध उक्त उजुरी दिएको हुनुसक्ने कानुनका जानकारहरुले बताएका छन।