भदाैं १,काठमाडाैं – जनकपुर अञ्चल अस्पतालको लापर्वाहीले महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको उनकाे  आफन्तजनले आरोप लगएका छन् ।

शनिबार समान्य ज्वरो आउने र पेट दुख्ने समस्या भएपछि जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै लापर्वाहीले आइतबार बिहान ५ बजे ज्यान गएको परिवारले जनाकारी दिएका छन् ।

कुन्दनका भिनाजुले आकस्मिक कक्षका चिकित्सकले समयमा उपचार नगरेको र पछि ‘ड्युटि’मा रहेका ल्याबको कर्मचारी र डा.आनन्दकुमार झाको लापर्वाहीले कुन्दनको ज्यान गएको हो बताएकाे छ ।

कुन्दनलाई जनकपुर अञ्चल अस्पतालबाट अर्को अस्पतालमा लैजान एम्बुलेन्स खोज्दाखोज्दै बिहान ५ बजे कुन्दनको ज्यान गएको उहाँका भिनाजुले जानकारी दिनुभयो ।

बिरामीको अवस्था समान्य भए पनि रिपाेट ढिला अाएकाे हुनाले  बिरामीकाे उपचार गर्न नसकेकाे चिकित्सक डा. अनन्दकुमार झालेले स्वीकार गर्नुभयो । रिपाेट अाइसकेपछि बिरामीलाइ सुगरले च्यापिसकेकाे रहेछ भन्ने  थाहा भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *