पत्रकार शालिकराम पुडासैनी  चितवनकाे हाेटलमा मृत अवस्थामा

२१ साउन,काठमाडौँ-  पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा भेटिएका छन् ।उनी  झुण्डिएको अवस्थामा भेटिएका हुन् । याे घटना  सोमबार दिउँसो ३ः३० को समयकाे हाे । चितवनको नारायणगढ स्थित बसपार्क नजिकै रहेको कङ्गारु होटलमा सोमबार दिउँसो ३ः३० कोठा नं. २०२ मा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

होटलका कर्मचारी खाना खानको लागि बोलाउन जाँदा पुडासैनीले  धेरैबेरसम्म ढोका नखोलेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । राती १० बजे प्रहरी आएर ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

पुडासैनी केही समय अघिबाट माउण्टेन टिभी काठमाडौँमा कार्यरत थिए । यस अघि न्युज २४ टिभीको सीधा कुरा जनतासँग कार्यक्रममा काम गर्थे ।

मृतक पुडासैनीको बारेमा थप अनुसन्धान उनका आफन्त आएपछि साेधपुछ गरिने चितवन प्रहरीले बताएक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *