२० साउन, काठमाडाैं- बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट उनलाइ प्रहरीले पक्राउ गरेका हुन् ।
शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका क्रममा उनी प्रकाउ भएका हुन् ।
जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् ।
बरामद भएको उक्त रकम यादवलाई बुझाइएको प्रहरीले जनाएको छ । चाेरी गर्नेलाइ नियन्त्रणमा लिइएका शेखको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।