१९ साउन, काठमाडौं -उद्योगी, व्यवसायीहरुले कर बढाएकाे भन्दै सरकारको आलोचना गरेका छन् ।
आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको दावी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चालू आलोचना गरेका हुन् ।
आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत व्यवसायीहरु करको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यान अार्कषण गराए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।