साउन १९, काठमाडौं–चर्चित गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन…’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको संगीत रहेको गीत भिडियोसहित सबै माज सार्वजनिक भएको हो ।
शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ ।
फूलचन्द्रमा एल्बम भित्र रहेको गीत ‘मुटु किन…’ को भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा अभिनेता आकाश श्रेष्ठ र चर्चित मोडल अञ्जली अधिकारी देखिएका छन् ।
आकाश श्रेष्ठ र अञ्जली अधिकारी दुबैले पछिल्लाे समयमा निकै चर्चाका साथ सफलता पनि कमाएका छन् । मोडल अञ्जली अधिकारी गल्बन्दी गितबाट एकदम्मै धेरै दर्शक सामु अाइपुगेकी छिन् ।