१० साउन,काठमाडाैं- क्रिश्चियन धर्म प्रचार प्रसार गरी धर्म परिवर्तन गराउन खोज्दै हिडिरहेको तीन जना बिदेशी पक्राउ परेका छन् ।
उनीहरू धर्म परिवर्तन गराउन खोज्दै हिडिरहेको अवस्थामा पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित पर्चा पम्प्लेटहरुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा–७ रत्नचोक बस्ने जापानका ३७ वर्षीय जिरो सेकिया, पोखरा–७ रत्नचोक बस्ने वर्ष ३७ का रेइको सेकिया र पोखरा–६ बाराहिचोक बस्ने कोरियाली नागरिक ७३ वर्षीय चो योसाङ रहेका छन् ।
याे भन्दा पहिला नि धर्म परिवर्तन गराउन खोज्दै हिड्ने धेरै ठाउँमा बिदेशीहरू प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ परेका उनीहरुविरुद्ध कानुनी कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।