श्रावन ८,  धनुषामा नक्कली सवारी चालक अनुमतिपत्र बनाउने दुईजनालाई  पक्राउ  भएकाे  छ । काठमाडौंबाट नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँमा  सवारी चालक अनुमति पत्र वितरण गरिरहेका दुईजना पक्राउ  भएकाे  छ ।

उनीहरूलाइ  धनुषाको हंसपुर नगरपालिका–९ बालगंगा चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

हंसपुर नगरपालिका–६ का ३४ वर्षीय अलि अकबर मंसुर र औरही गाउँपालिका–६ का अली बकसलाई पक्राउ नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरेको आरोपमा गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नक्कली चालक अनुमतीपत्र बाँड्दै गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ५/५ थान सवारी चालक अनुमति पत्र समेत बरामद भएको धनुषाका प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताएका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *