बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६९ पुग्यो

असार ३१, काठमाण्डौ – बाढी पहिराेबाट ज्यान जानेकाे संख्या लगभग ६९ पुगेकाे छन् भने ३० जना बेपत्ता भएकाे छन् ।

सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतीको विवरण संकलन सुरु गरेको छ । राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले  बाढीपहिरोबाट अहिलेसम्म ६९ जनाको ज्यान गएको जनाएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र अनुसार बाढी पहिराेकाे कारण ४३ जना घाइते भएका छन् । १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ ।

अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताउनुभयो ।

अब क्षतीको विवरण संकलनसँगै राहत वितरण, पुनर्लाभ र पुनःस्थापनाको काम हुने उहाँले जानकारी दिनुभयो । यस्तै, समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने पनि उहाँले जानकारी दिनुभएकाे छ ।

बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *