म लज्जित छु भन्दै मागे प्रधानमन्त्रीले माफी

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई अरूले  झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको छ भन्ने उनकाे भनाइ छ  ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको रहेछ बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो भन्ने उनकाे भनाइ छ  । यसप्रति म क्षमाप्रार्थी छु भन्दै उनले माफी मागेका छन् ।

आफूलाई झुक्याएको विषय सामान्य लापरवाही गरेकाे  हो वा जानीबुझी गरेकाे हो भनेर  खाेज  भइरहेको उहाँले  बताउनु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *