कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु

असार २५, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको शिक्षककाे कुटाइबाट  मृत्यु भएको छ।

शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनी अाफनाे मामा घर बस्दै अाएका थिए । गत असार १३ गते शिक्षककाे कुटाइबाट घाइते भएकाे माधव कैलालीका्र  उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिएका छन ।

‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो’, प्रहरी निरीक्षक भट्टले भने, ‘त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो।’

मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चार जना  शिक्षकले कुटपिट गरी विधाथीैकाे  घाइते बनाएको आरोप लगाएका छन्।

प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै  दायाँ खुट्टा भाँचिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *