प्रधानमन्त्रीले केपी शर्मा ओलीले  लिए राष्ट्रिय परिचय पत्र

असार २४, काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय परिचय पत्र लिएका छन् । प्रधानमन्त्री ओलीलाई परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचय पत्र लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका– शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको सुरूआत गरेका थिए।

विभागले बुधबार राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने जनाएको छ । विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिने बताए । दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने उनले प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *