१९ असार, सिरहा – नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएकाे हो ।
बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन गएको थियाे । त्यही बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएका हुन् । उजुरी दिएपछि बालकलाइ पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
स्थानीयवासीले समेत सूचना दिएका थिए । यही आधारमा पनि बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको योनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।