असार १८, २०७६
बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक पाैडी खेल्न जाने क्रममा म्याग्दी नदीले बगाउँदा जाने बेपत्ता भएका छन् ।
मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको बतााएकाे छन् । अहिलेसम्म उनीहरुको केही पनि पता नलागेकाे प्रहरीहरूले बताएका छन् । पत्ता लाग्न काेसिसमा जुटिरहेकाे उनीहरूकाे भनाइ छ ।
विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका भन्ने बारे बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए ।