नेपाल भ्रमण वर्ष २०२० को लागी पब्लिक च्वाइस अवार्डमा कुमार भास्करको ‘छठ’ को भिडियो सर्वोत्कृष्ट

असार १८, काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने देशव्यापी भिडियो प्रतिस्पर्धामा सामाजिक सञ्जालमार्फत सर्वाधिक दर्शकको भ्युज पाउनेमा कुमार भास्करले बनाएको छठ पूजाले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ । जसमा उहाँले १ लाख नगद र २ लाखको सिनेमा अध्ययन छात्रवृत्तिको उपाधि हात पारेको थियो ।

ओझेलमा परेका पर्यटकीय गाउँ, गन्तव्य, संस्कृति लगायतका विषयहरुमा देशव्यापी भिडियो प्रतिस्पर्धा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई मध्यनजर गर्दै करिब १ सय ३२ भिडियोहरु सम्पन्न भएको थियो । जसमा सुकबहादुर तामाङले बनाएको ‘जर्नी टु सिंहला’ भिडियो २०२० को लागी सर्वोत्कृष्ट घोषित भएको छ । सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा सुकबहादुर तामाङले १ लाख नगद र २ लाख रुपैयाँको सिनेमा अध्ययन नेसनल फिल्म एकेडेमीको छात्रवृत्ति हात पारेका छन् ।

त्यस्तै कार्यक्रमको अन्य बिधा अन्तर्गत पनि धेरैले पुरस्कार हात पारेका थिए । बेस्ट भिडियो अफ द इयरअन्तर्गत फस्ट रनरअप विधामा विक्रम न्यौपानेको राइनासले ५० हजार तथा सेकेन्ड रनअपमा सोलु दूधकुण्ड गाउँपालिकाले बनाएको सोलु दूधकुण्डले २५ हजारसहितको पुरस्कार हात पारे ।

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले आहृवान गरेको प्रतियोगितामा फ्युचर स्टार विधामा आर्यन कुँवरको मानुङ कोट, बेस्ट स्क्रिप्ट राइटरमा भीमलाल श्रेष्ठको मकै विवाह, वुमन भिडियो मेकर अफ द इयरमा देवकी विष्टको ट्युन अफ झाँक्री, मोस्ट पोटेन्सियल डेस्टिनेसनमा इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर, बेस्ट टेक्निकल सिनेम्याट्रोग्राफीमा दिनेश श्रेष्ठको रेड च्यारेट र मस्ट इनरजेटिक भिडियो मेकरमा विजय राईको सेतीदेवीले पुरस्कार हात पारे । यी सबै विधालाई नगद २५ हजार रुपैयाँसहितको पुरस्कार थियो ।

आयोजकका अनुसार, ५ सदस्यीय निर्णायक मण्डलले १ सय ३२ मध्येबाट ४७ वटा पुरस्कारका लागि मनोनयन गरेको थियो ।

१ सय ३२ मध्येबाट ४७ वटा पुरस्कारका लागि मनोनयन गरेको कुरा आयोजक टिमले जानकारी दिएका छन् । फाउन्डेशनले पाँच मिनेटसम्मको भिडियो बनाउनको लागी जनवरी १ मा सार्वजनिक गरेको थियो । जसको समय ३१ मे २०१९ सम्म थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *