हिन्दूहरूकाे महापर्व छठसम्बन्धी डकुमेन्त्री

काठमाडाैं।

आदित्य पर्व छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ । जीवन, जगत, प्रकृति,वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ ।
महिमामय छठ पर्वको शुभारम्भ कार्तिक शुक्ल पक्ष तृतियाको दिन देखि शुरु हुन्छ । पाँच–दिने छठ पर्वको पहिलो दिन व्रतालु महिला तथा पुरुषहरुले माछा–मासुका साथसौ लहसुन, प्याज रहित सात्विक भोजन ग्रहण गर्दछन् ।
सोही अनुसार छठ पर्वको दोस्रो दिन चतुर्थीमा छठ व्रतालुहरुले आफ्नो मन र शरीरलाई पवित्रिकरण गर्छन् जसलाई ‘नहाय खाय’ भनिन्छ । पञ्चमीको दिन सूर्यास्त पछि उपवास वसेका व्रतालुहरु गुड़–चामलले वनेको खिर र मौसम अनुसारको फलले सूर्य भगवानलाई पूजा–अर्चा गरी प्रसाद ग्रहण गर्ने गर्छन् । त्यस पश्चात् पूर्ण भक्ति भावका साथ आउँदो दिनको तयारीमा लागि पर्छन् । कात्र्तिक शुक्ल षष्ठी, छठको मुख्य दिन पूजा–स्थल— नदि–नाला, ताल–तलैया, पोखरी तथा जलाशयको बहुरंगी साज–सजावटमा व्रतालु लगायत सम्पूर्ण परिवारजन सूर्य–आवेष्ठित अध्र्य–सामग्री लिएर भक्ति भावका साथ उपस्थित हुन्छन् ।
लोकपूजा छठि–व्रत आदिपूजा हो र सम्यता संस्कृतिको साथै घेरैजसो अन्न र खाध–पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ । अरुवा, सुथनि, बेसार, भन्टा नेवो, नारियल, ऊखू, तरकारीहरु नैवेद्यको रुपमा चढाउने गरिन्छ । सोही दिन छठ ब्रतालुहरु अस्ताउन लागेको सूर्यलाई जलाशयमा प्रवेश गरी अर्घ दिने गरिन्छ । पुनः सप्तमीको दिन छठ ब्रतालुहरु मिरमिरे विहानीमा उदयमान भगवान भास्करलाई अर्घ दिन छठी घाटमा उपस्थित हुन्छन् । सूर्य नउदाउन्जेलसम्म महिलाहरुले लोक गीतको माध्यमले विन्ती गर्छन् ।
‘उग हो सुरुज देव
अर्घ के बेरिया’
यसरी गीत नादका साथै प्रकाश रुपी आदित्य देव दिवाकरलाई स्तुतीगान गर्दै अर्घदान दिएर छठ पर्वलाई पूर्णाहूति दिइन्छ ।
आदित्य पर्व छठको मुख्य आश्यलाई केलाउँदा आदित्य भक्ति एवंम समर्पण भाव अति मनोहारी तथा वैज्ञानिक आध्यात्मिक महत्व परिलक्षित हुन्छ ।

उक्त महापर्वबारे कुमार भास्करले बनाएको भिडियो “वि विल राइज फाउण्डेशन”ले आयोजना गरेको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएको छ । अन्य ११ भिडियो सहित सो भिडियो पनि टप १२ पर्न सफल भएको छ । पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार ९ गते साँझ ५ बजे अपलोड गरिएको छ भने
भिडियोहरुलाइ २०७६ असार १६ गते साँझ ५ बजेसम्म भोटिङ गर्न पाईने छ ।

उक्त भिडियोको फेसबुक लिंक यहाबाट पनि हेर्न सकिन्छ ।

 

– संस्थाकाे आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा रहेको भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई अंकको आधारमा यसरी वर्गीकरण गरिएको छ ।

– युट्युव लाइक, फेसबुक लाइक / रियाक्ट– ३० अंक
– युट्युव भ्युज– २० अंक
– फेसबुक भ्युज– १० अंक

 

– भोटिङको अन्तिम समय २०७६ असार १६ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । यसपछि हुने कुनै पनि किसिमको भोटिङलाई गणना गरिने छैन ।

त्यस्तै यूटयूब भिडियाे यसरी हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *