जनकपुरकाे जानकी मन्दिरमा पाँचाै अन्तर्राष्ट्रिय योग दिवस : फाेटाे फीचर

असार ६, काठमाडाैं । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

अाज जनकपुरधामकाे जानकी मन्दिरमा अन्तर्राष्ट्रिय योग दिवस भारतीय राजदूतावास, पतंजली याेगपीठ तथा जानकी मन्दिर ट्रस्टकाे संयुक्त अायाेजनामा मनाइएकाे छ । साे कार्यक्रममा संघीय सरकारका उपप्रधान एवं स्वास्थय तथा जनसंख्या मन्त्री उपेन्द्र यादबदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दाससम्मले योग गरेका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरुका साथ साथै सर्वसाधारणलेपनि योग गरेका हुन् । साथै भारतबाट आएका योग साधकहरुले विभिन्न खालका अनौठो योग कला प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *