१० हजार रूपैयाँकाे विवादका कारण २ वर्षीय बालिकाको हत्या

भारतको उत्तरप्रदेशमा १० हजार भारतीय रूपैयाँको विषयमा अभिभावकबीच विवाद हुँदा २ वर्षकी बालिकाको हत्या भएको छ । बालिकाको हत्या भएसँगै सामाजिक सञ्जालमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीसहितले विरोध जनाएका छन् ।

बालिकाको शव गत आइतबार घर नजिकै क्षत-विक्षत अवस्थामा फेला परेको थियो । उनको एउटा हात नभएको र आँखा बाहिर निस्किएको थियो । बालिकाको हत्याको आरोपमा पुलिसले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई शुक्रबार प्रहरीले विशेष तवरबाट अनुसन्धान सुरू गरेको समाचारमा जनाइएको छ । हत्या भएकी बालिकाको पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले बलात्कार नभएको बताउँदै आएकाे छ । तर, बालिकाको परिवारले यस विषयमा आशंका गर्दै आएका छन् ।

हत्यामा संलग्न जाहिदले बालिकाकाे परिवारसँग १० हजार रूपैयाँको बारेमा विवाद भएको थियो । विवादपछि जाहिदाले बालिकाको परिवारसँग बदला लिने धम्की दिँदै आएका थिए । यसको केही दिनपछि उनले बालिकाको अपहरण गरेका थिए भने साथी असलमको मद्दतमा हत्या गरेका हुन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *