विश्व वातावरण दिवसमा प्रधानमन्त्रीद्वारा बृक्षारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका छन्।

विश्व वातावरण दिवसको अवसरमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका थिए । ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारीलगायतको उपस्थिति थियो । गृहमन्त्री राम बहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मातृका यादवलगायतले पनि फुलफुलका विरुवा रोपेका थिए  ।

सरकारले आगामी वर्षलाई वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो । लमजुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबै भन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *