प्रहरीले जनप्रतिनिधि कुटेपछि चौकीमा प्रदर्शन  Share  Tweet

प्रहरीले जनप्रतिनिधि र स्थानीयलाई कुटपिट गरेको भन्दै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारको प्रहरी चौकीमा कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन भएको छ ।

बाल विवाहको विषयमा बिहीबार राति चौकीमा छलफल चलिरहेको बेला जनप्रतिनिधि र स्थानीयलाई प्रहरीले कुटपिट गरेको थियो । कुटपिटको विरोधमा स्थानीयले चौकीमा ढुंगामुढा गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका छन् । पुनर्वास नगरपालिका ११ का वडाध्यक्ष तुलसी अर्याल, रमेश सिंह, दली धामीलाई प्रहरीले लाठी हानेको भन्दै स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी र सिंहबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीले आफ्नो टाउकोमा लाठी प्रहार गरेको वडाध्यक्ष अर्यालले बताए ।

‘बाल विवाहको मुद्दा थियो,’ अर्यालले भने, ‘चौकीमा छलफल गर्दागर्दै प्रहरी र स्थानीयबीच विवाद भयो, प्रहरीले स्थानीयसँगै मलाई पनि लाठी प्रहार ग¥यो ।’ पुनर्वास ११ का १७ वर्षीय रोशन विकले पुनर्वास ३ की १४ वर्षीया एक बालिकालाई भगाएर ल्याएका थिए । उमेर नपुगेको भन्दै बालिकाको परिवारले प्रहरीमा निवेदन दिएका थिए । बिहीबार बालबालिका घरमै भेटिएपछि प्रहरीले छलफलका लागि दुवैका अभिभावकलाई चौकीमा बोलाएको थियो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले बाल विवाहको विषयमा समान्य विवाद हुँदा धकेलाधकेल मात्र भएको बताए । ‘चौकीमा लाठि प्रहार भएको छैन,’ बलमे भने, ‘विवाद मात्रै भएको हो ।’ बालकका बाबुकृष्ण विकले छोरालाई जिम्मा लिए पनि बालिकाले जान नमोपछि विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *