ट्रयाक्टरको ठक्करबाट झापामा एककाे मृत्यु

अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा  एक पैदलयात्रीको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु भएको हो ।

उत्तर–दक्षिण भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्रयाक्टरले प्याकुरेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिलला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । ठक्कर दिने ट्रयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *