भारतद्वारा उदयपुर जिल्लामा शैक्षिक संस्थाको निर्माण

उदयपुर जेठ ४ ।

भारत सरकारको अनुदान सहयोगमा दुई तल्ले नवनिर्मित क्याम्पस भवन उद्घाटन गरिएकाे छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारकाे विशेष अतिथ्य तथा उदयपुर जिल्लाका माननीय सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काद्वारा मिति अाज उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका स्थित श्री नारद आदर्श शिक्षा क्याम्पसकोे उद्घाटन गरिएकाे छ ।
सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । यस क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।
भारत सरकारको नेरु. ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।
यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभइ उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *