शुक्रबार नेपाल एयरलाइन्सको उडान आरए २०१ बाट काठमाडाैंदेखि भारतको मुम्बाई जना लागेकी भारतीय नागरिक अवैध अमेरिकी डलरसहित पक्राउ परेकी छन् । उनको साथबाट एक लाख अमेरिकी डलर बरामद भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४४ वर्षीय वन्दना सोनी भन्ने वन्दना घनश्याम सोनी रहेकी छन् । उनलाई विशेष सुचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई जाँच गर्ने क्रममा उक्त अबैध अमेरिकी डलर बरामद गरेको प्रहरी जनाएकाे छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्वल अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *