भारतीय सेनाले यतिको भनेर दाबी गरेको पदचिह्न जंगली भालुको रहेको नेपाली सेनाको भनाई

भारतीय सैनिक टोलीले मकालु बेसक्याम्पनजिक हिममानव यतिको पदचिह्न भेट्टाएको दाबीसहित सोमबार विभिन्न तस्बिरहरु ट्विट गरेको थियो ।

तर नेपाली सेनाले भने त्याे यतिको नभएर जंगली हिमाली भालुको पदचिह्न भएको धारणा बाहिर ल्याएको छ । हिन्दुस्तान टाइम्सको समाचारमा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेको भनाई छ, ‘भारतीय सेनाले त्यो पदचिह्न भेट्टाउँदा नेपाली सेनाको सहजीकरण टोली पनि सँगै थियो । हामीले पनि त्यसको तथ्य जाँच गर्ने कोशिस ग-यौ । स्थानीय र भरियाका अनुसार त्यो जंगली भालुको पदचिह्न हो, जुन त्यस क्षेत्रमा प्रायः देखिने गरेको छ ।’

भारतीय सेनाको अतिरिक्त सूचना महानिर्देशनालयले सोमबार सैनिक टोली र पदचिह्नको तस्बिरहरुसहित ट्विट गर्दै त्यो यतिको भएको दाबी गरेको थियो ।

‘भारतीय सेनाको पर्वतारोहण अभियान टोलीले २०१९ अप्रिल ९ मा मकालु बेसक्याम्पनजिक पहिलोपटक पौराणिक जीव यतिको ३२*१५ इन्च लामो रहस्यमयी पदचिह्न भेटाएको छ । यो मायावी हिममानव विगतमा पनि मकालु–वरुण राष्ट्रिय निकुन्जमा मात्रै देखिएको थियो,’ महानिर्देशनालयले आफ्नो ट्विटर ह्याण्डल @adgpi  बाट तस्बिरसहित गरेको ट्विटमा उल्लेख छ ।

तस्बिर अप्रिल ९ मै खिचिए पनि यसअघिका सिद्धान्तका आधारमा परीक्षण गर्दा प्रमाणिकरुपमा मिल्न गएपछिमात्रै सार्वजनिक गरिएको भारतीय सैनिक स्रोतलाई उद्धृत गरिएको एनडीटीभीको समाचारमा उल्लेख छ ।

स्राेत ः नयाँ  प ित्रका

Leave a Reply

Your email address will not be published. Required fields are marked *