विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार

तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । अस्पतालमा जोडिएका्को सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युतले काम नगर्दा एक्सरे मेशिन चलाउन समस्या भएको अस्पतालले जनाएको छ ।

स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले तीन महीना अघि भत्किएपछि सदरमुकामलगायत एक हजार २०० घरधुरीमा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै आएका छन् ।

विद्युत् नभएपछि विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ । त्यस्तै डोल्पाका रहेका बैंकमा समेत समस्याभएको छ । स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन् ।

अवरुद्ध विद्युत् सेवा पुन सञ्चालन गर्न नेपाल विद्युत् प्राविकरणबाट ५९ लाख रुपैयाँ विनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । उनले भने,’विद्युत् नहुँदा जिल्लाको सबै विद्युतबाट गरिने काम ठप्प भएको छ’।

स्राेतः  नयाँ प ित्रका

Leave a Reply

Your email address will not be published. Required fields are marked *