हावाहुरी प्रभावितलाइ निःशुल्क उपचार गर्न सक्षम फाउण्डेसनको टाेली प्रस्थान

काठमाडौँ – बारा र पर्सा जिल्लाको हावाहुरी पीडितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सक्षम फाउण्डेसन नेपालको टोली त्यसतर्फ गएको छ ।
टोली बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित गाउँमा पुगी पीडितहरुको स्वास्थ उपचार गर्नेछ । पाँच दिन सम्म विभिन्न गाउँ गाँउमा रहने टोलीले आवश्यक औषधि, सेनेटोरी प्याड, झुल समेत निशुल्क वितरण गर्ने टोलीको नेतृत्व गर्नुभएकाे फाउण्डेसनका अध्यक्ष डा.सी.के. सिंहले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व बोध गर्दै सक्षम फाउण्डेसन नेपालको टोली पीडितहरुको उपचारमा खटिन लागेको फाउण्डेशनका महासचिव तपेश्वर यादवले बताउनुभयो । टोलीमा डाक्टर, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुगरी जम्मा १५ जना रहने छन् ।
फाउण्डेशनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *