काठमाडाैं – केहीदिन यता उपत्यकालगायत देशका विभिन्न भूभागमा सुरक्षा चुनौती बढेपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। काठमाडौंका चोक चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। विप्लव समूहले ठाउँ ठाउँमा बम राख्दै जनजीवनलाई आतंकित गर्न थालेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडाैं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले नेपाल समयलाई बताए। उनले हेडक्वार्टरबाटसमेत प्रहरी परिचालित गरिएको जानकारी दिए।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको हो।