हनुमाननगर कंकालिनी नपाका वडा अध्यक्षले संस्थालाइ ठगेकाे अाराेप

राजविराज सप्तरी। हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ को वडा अध्यक्ष मोही यादवले सक्षम फाउण्डेसन नेपाललाई ठगी गरेको कुरा बाहिर अाएकाे छ ।

एउटा जनहितकारी परोपकारी सामाजिक संस्था सक्षम फाउण्डेसन नेपालले विगत तीन वर्षदेखि निरन्तर निशुल्क स्वास्थ्य शिविर सञ्चालन, गरीब तथा दलित विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य तथा शिक्षामा सहयोग, देशमा दैवी प्रकोप आएको  बेला उद्धार तथा राहतको कामहरु गर्दै आएको र सोही क्रममा सप्तकोशीको पानीको उच्च वहाव भएको बेला गाउँमै पानी पसेको अवस्थामा स्वास्थोपचारको आवश्कता महशुस गरी  सक्षम फाउण्डेसन नेपालले हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं ११ को  वडा अध्यक्ष मोही यादवको आग्रहमा वडा नं ११ को सखुवा टोली मा २०७५ भदौ २९,३० र ३१ गते तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।

उक्त स्वस्थ शिविरमा लाग्ने खर्चको विवरणको आधारमा औषधि र स्वास्थ्यकर्मी टोलीको व्यवस्था फाउण्डेसनले गर्ने र काठमाडौंबाट स्वास्थ्यकर्मी टोली जाने आउने गाडीको भाडा बापत रु २५ हजार वडा अध्यक्ष ज्यूले वडाको बजेटबाट बेहोर्ने कुरामा स्थानीय नेता रामलखन मण्डल र स्थानीय  युवा अभियन्ता कमल मण्डलको रोहबरमा आपसी मौखिक सहमति भएको कुरा संस्थाका महासचिव तपेश्वर यादवद्वारा प्रकाशित विज्ञप्तीमा लेखिएकाे छ ।

उक्त सहमति अनुसार फाउण्डेशनले तय गरिएको मितिमा निशुल्क स्वस्थ शिविर समापन गरे पश्चात गाडी भाडा बापत रु २५ हजार माग्दा वडा अध्यक्ष ज्यूले सबै कानुनी कागजहरु मिलाउनु पर्ने भएकोले केहि समय लाग्ने भएकोले  रु ५ हजार रामलखन मण्डल मार्फत दिँदै बाँकी रु २० हजार ४९५ दिनमा संस्थाको बैंक खातामा जम्मा गर्ने कुरा व्यक्त गर्नु भयो ।

साे पश्चात  लगातार फोन सम्पर्क मार्फत, कमल मण्डल र राम लखन मण्डलको मार्फत जानकारी गराउँदा कहिले बाहिर छु, कहिले फोन नउठाउने, कहिले नगरपालिकाबाट निकासा भएको छैन, कहिले ३९४ दिनमा दिन्छु भन्दै आज ४ महिना विती सक्दा पनि  भाडा बापतको पैसा  नदिएको र  संस्था सँग सम्पर्क  विहिन भएको  अवस्थामा  संस्थाको अध्यक्षले आफै फोन गरी नगरपालिकाको इन्जिनियर अमित पाठक मार्फत पनि जानकरी गराउँदा समेत कुनै किसिमको ठोस जानकारी नआउँदा यो संस्था एउटा जनप्रतिनिधि द्वारा गरिएको गैरजिम्मेवारी पूर्ण कामको घोर भर्षणा गर्दै यो विज्ञप्ति निकाल्न बाध्य भएको बताइएकाे छ  र यसै विज्ञप्ति मार्फत उक्त नगरपालिकाको मेयर लगायत सम्पूर्ण सञ्चारकर्मी र  जनताहरूलाई सत्य तथ्य बुझी के कति कारणले रकम नदिएको र एउटा जनप्रतिनिधिले किन के कारणलले गैर जिम्मेवारी तरिकाले प्रस्तुत हुनुभएको कुरा प्रष्ट पार्दिनको लागि  र दोषीलाई कारबाही समेत गर्नको लागी संस्था अपील गरेकाे विज्ञप्तिमा उलल्ख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *