सरकार उडन्ते र हावादारी कुरामा हिँड्योः डा. महत

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन् ।

राजधानी काठमाडौंमा सनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताए ।

उनले सरकार उडन्ते र हावादारी कुरामा हिँडेको आरोप पनि लगाए । सत्तारुढ दलका दुई अध्यक्षले आआफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठूलो रकम खर्च गर्नु गलत भएको टिप्पणी गरे ।

उनले जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *