चिसोको मारमा परेकालाई सक्षमको न्यानो

काठमाडाैं । सक्षम फाउण्डेशन नेपालले मिति २०७५ पौष २० शुक्रवारदेखी चिसोको कारणले विचल्लीमा परेकाहरुलाई लक्षित गरि न्यानो अभियानको शुरुआत गरेको छ । सो अभियान अन्तर्गत सडक पेटी, मन्दिरको पाटी–पौवा, सार्वजनिक बस विसौनी लगायतका स्थानमा चिसोले काँपीरहेकाहरुकोेलागि न्यानोपना दिनकोलागि कंबल र न्यानो लुगाफाटा बितरण गर्ने कार्यको थालनी गरेको जानकारी संस्थाका अध्यक्ष डा. सि.के. सिंहले जनाएको छ ।
पहिलो चरण अन्तर्गत फाउण्डेशनले भद्रकाली मन्दिर परिसरबाट सुरु गरेको अभियान शहिदगेट, असनचोक, वसन्तपुरको मन्दिरको पाटी–पौवा, संकटा मन्दिरको परिसर, महांकाल, पुरानो बसपार्क, भक्तपुर बसपार्क लगायतको स्थानमा ४२जना चिसोको मारमा परेकोलाई कंबल र न्यानो लुगाफाटा बितरण गरेको कुरा संस्थाका महिला उपाध्यक्ष इन्दिरा मगरले जनाए ।

उक्त न्यानो अभियान सक्कल पिडितलाई पहिचान गर्न राती १० बजे पश्चात फाउण्डेशनका आफ्नै कार्यकर्ताहरुको सहयोगले निरन्तरता दिइरहने संस्थाका उपाध्यक्ष कुमार भास्करले जनाए ।
हाम्रो अभियानको यो पहिलो दिन जस्तै काठमाडौंको स्थान सँगै ललितपुर, भक्तपुरको सार्वजनिक स्थलहरुमा समेत अन्य रात यसरीनै अभियानलाई निरन्तर दिदैं जाने फाउण्डेशनका महासचिव तपेश्वर यादवले भने र चिसोको मारमा परेकाहरुलाई न्यानो राहत पाउन सबैलाई सहयोग गर्न समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *