विश्वप्रसिद्ध तबलाबादक जाकिर हुँसैनकाे कार्यक्रम नेपालमा सम्पन्न ।

काठमाडाैं मंसिर १३ । भारतीय राजदूतावास, काठमाडाैंले मंगलवार दूतावासको परिसरमा विश्व प्रसिद्ध तबला–उस्ताद पद्म विभुषण उस्ताद जाकिर हुसैनको संगीत कार्यक्रम आयोजना गर्यो । साे कार्यक्रम सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज र रेडिसन होटेलसँगकाे सहयाेगमा सम्पन्न गरिएकाे थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका एक हजारभन्दा बढी विशिष्ट राजनितिज्ञ, व्यक्ति-सदस्य, कलाकार, संगीतकार, साहित्यिक व्यक्ति, विद्यार्थी र मिडियाकर्मीहरू सहभागी थिए । कार्यक्रममा तबला मास्टर उस्ताद जाकिर हुसैनलाइ श्री अनन्त कृष्णन मृदङ्गममा, सरंगीमा श्री सबिर खान, श्री नवीन शर्मा ढेलकमा र मुजीब दादरकर (ध्वनि अभियंता)ले साथ दिए ।

उस्ताद जाकिर हुसैन संगीतको क्षेत्रमा एक विश्व प्रसिद्ध व्यक्तित्व हो र उनको समूहले यो प्रदर्शनलाई पूर्ण रूपमा अविस्मरणीय अनुभव गराएको छ । उनले दर्शकहरुलाई तबलाबादनको आफ्नो ऊर्जावान, समकालीन र शास्त्रीय चित्रणसंग असाधारण प्रस्तुती गरे जसलाइ एक लामाे समय सम्मकालागि श्राेताले सम्झीरहनेछ ।

उस्ताद जाकिर हुसैनसंगके संगीत कार्यक्रम १७वर्षको अंतराल पछि भारत र नेपाल कूटनीतिक सम्बन्धकाे ७० वर्षलाई मनाउन र
दुवै देशको साझा संगीत विरासतलाइ जगेर्ना गर्नकोलागी आयोजित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *