मापदण्ड विपरित संचालित पानी उद्योगमा शिल

जनकपुरधाम मंसिर १३ । जनकपुर नगरमा मापदण्ड विपरित संचालित ३ वटा पानी उद्योगमा सोमवार शिल गरिएको छ ।

संयुक्त अनुगमनको क्रममा जनकपुर उपमहानगरपालिका वार्ड नं ७ जयप्रकाश चौधरीले संचालन गरेको अम्वर धारा, जनकपुर उपमहानगरपालिका वार्ड नं ८ स्थित प्रभुनन्दन साहले संचालन गरेको महामाया धारा प्रा.लि र जनकपुर उपमहानगरपालिका वार्ड नं ४ स्थित अजित कुमार रायले संचालन गरेको ग्लोवल एकता पानी उद्योगमा उत्पादन बन्द गर्ने गरी शिल गरिएको हो।

यस अघि आइतवार जनकपुरको जिरो माइलमा मो कमालले संचालन गरेको स्टायलिस्ट एकवा प्रालि र जनकपुरकै महुवा कपलेश्वरमा धर्मनाथ मंडलले संचालन गरेको गंगाजल पानी उद्योगमा शिल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *