कांग्रेसको विरोधपछि युपीएफले नेपाल सरकारलाई सहआयोजकबाट हटायो

काठमाडाैं  मंसिर १० । युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले नेपालमा गर्न लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’को सहआयोजकबाट नेपाल सरकारलाई हटाएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधपछि युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’ को सहआयोजकबाट हटाएको हो। युनिभर्सल पिस फेडरेसन (युपीएफ)ले नेपाल सरकार र संघीय संसदलाई आफ्नो सहआयोजकका रुपमा राखेको थियो।

तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी एउटा आइएनजिओको कार्यक्रममा नेपाल सरकार सहआयोजक बसेको भन्दै आपत्ति जनाएका थिए।

सहआयोजकबाट हटाएपनि युनिभर्सल पिस फेडरेसन (युपीएफ)ले नेपाल सरकारलाई सहयोगीका रुपमा राखेको छ। काठमाडौंमा मंसिर १४ देखि १७ गतेसम्म हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

कोरियाली संस्था युपिएफका नेपाल अध्यक्ष परिवार दलका अध्यक्षसमेत रहेका एकनाथ ढकाल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *