ए डिभिजन लिगमा अाज अार्मी र संकटा भिड्दै

काठमाडाैं मंसिर १० । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ ।

चौथो चरण अन्तर्गत पहिलो दिन अाज तीन खेल हुनेछन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र संकटाले प्रतिस्पर्धा गर्नेछन् । स‌कटा लगातार तीन खेलमा जित हात पार्दै दाेस्राे स्थानमा छ भने अार्मीले पनि जारी लिगमा अपराजित नै छ । पहिले खेलमा एनअारटीसँग बराबरी खेलेकाे अार्मीले ७अंक जाेड्दै चाैथाे स्थानमा रहेकाले अाज विजयी हुने टिम शीर्ष स्थानमा उक्लने छ।

दोस्रो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो साढे २ बजे सुरु हुने खेलमा एन्फा कम्प्लेक्समा हुनेछ । एनआरटीविरुद्व उत्रदै गर्दा थ्री स्टार अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्न चाहन्छ ।

थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहदाँ एनआरटी मात्र एक अंक सहित पुछारदेखि तेस्रोमा छ । तेस्रो खेलमा हल्चोकस्थित एपीएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *