एडीबीले नेपाललाई दियाे १५० मिलियन डलर ऋण सहायता

काठमाडाैं मंसिर १० । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई एक सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता दिने भएको छ।

एडीबीले नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको हो। उक्त सम्झौतामा सोमबार बहिान अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्।

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाइन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता दिने समझदारी भएको अर्थ सचिव खनालले बताए। एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *